काठमाडौं । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । समितिका अध्यक्ष सागर थापाले बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्री किराँतीलाई बर्खास्त गर्न माग गरेका हुन् ।
अध्यक्ष थापाले जारी गरेको विज्ञप्तिमा पशुपति क्षेत्र विकास कोषको अध्यक्षसमेत रहेका मन्त्री किराँतीले धार्मिक सद्भाव भड्काउने ढंगबाट इसाइ धर्मको पृष्ठपोषण हुने आपत्तिजनक अभिव्यक्ति दिएको उल्लेख गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाईसमेत इसाई धर्मको मसिहाका रुपमा जोडेर दिएको मनत्री किराँतीको अभिव्यक्तिलाई सामान्य मान्न नसकिने भनाइ थापाले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






