दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले माओवादी केन्द्र र आफ्नै दल नेपाली काँग्रेसबाट थप १-१ जनालाई मन्त्री बनाएका हुन् ।
माओवादी केन्द्रबाट कृष्णा केसी र काँग्रेसबाट रोज राणा भनेर चिनिने सरोज थापा मन्त्री नियुक्त भएका छन् । आइतबार विहान ९ बजे उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने कार्यक्रम रहेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री सन्तोष पाण्डेयले जानकारी दिए ।
उनका अनुसार मुख्यमन्त्री चौधरीले बाँकेकी केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् भने प्युठानका थापालाई उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रायलयको जिम्मेवारी तोकिएको छ । गत जेठमा ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका चौधरीले दुई मन्त्री थपेपछि अब मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम





