सवारी दुर्घटनामा दुई जनाको मृत्यु

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका-१८ ई गाँउस्थित सडकमा से‍.५ प ४७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१२ जुगेडा बस्ने २८ वर्षीय पुष्प बहादुर कामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । 

कञ्चनपुर, बेदकोट नगरपालिका-६ सुडामा से.१ त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका-६ बस्ने बैतडी दोगडा केदार गाउँपालिका घर भएका असोक चन्दको छोरा ६ वर्षीय लव चन्दको शनिबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै