कानुन समितिको बैठक स्थगित, ५६ जना सांसद बोलाउँदा २० जना मात्रै उपस्थित

काठमाडौँ । प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक स्थगित भएको छ ।

आइतबार सिंहदरबार स्थित समितिको हलमा ’केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ को सम्बन्धमा छलफलका लागि बोलाईएका सांसद नआएपछि आउँदो पुस १६ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो । 

सो विधेयकमाथि संशोधनकर्ता सबै सांसदहरूलाई नबोलाई बैठक नराख्न बैठकमा उपस्थित केही सांसदहरूले माग गरेपछि बैठक स्थगित गरिएको हो । 

समिति सभापति  विमला सुवेदीले  ५६ जना सांसदहरूलाई फोन गर्दा १९ जनाले मात्रै बैठकमा आउने बताएको जानकारी गराइन ।  छलफल सहज बनाउन २०–२० जना सांसदहरूको समूहमा छलफल अघि बढाएको र यसमा सरकारको केही इन्ट्रेस्ट नभएकोले गलत रूपमा नलिन आग्रह गरिन् ।  

उनले अबको अर्को बैठकमा संशोधन कर्तालाई सांसदलाई म्यासेज मार्फत पनि खबर गरेर बैठकमा बोलाउने उल्लेख गरिन् ।   पुस १६ गते बिहान ११ बजे विधेयक संशोधनकर्ता सांसदहरूको संयुक्त बैठक बस्ने सभापति सुवेदीले जानकारी गराइन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै