काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले खसहरुको संगठन गठन गर्न लागेको जनाएको छ ।
जसपाले दिएको जानकारी अनुसार काठमाण्डौमा पार्टीसम्बद्ध केन्द्रीय नेताहरुको भेलाबाट सातै प्रदेशबाट प्रतिनिधि समेटेर समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति गठन गर्ने निर्णय भएको हो ।
भेलाबाट प्रेमनारायण थापा, दुर्गा सुवेदी र रामबहादुर जाग्री रहेको तयारी समिति गठन भएको छ । उक्त भेलामा पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, महिला विभाग प्रमुख लिला सिटौला, केन्द्रीय सदस्यहरु प्रचण्ड पौडेल, अर्जुन लम्साललगायत उपस्थित रहेका थिए ।
समिति गठनको लागि पुस २१ गते ललितपुरमा भेला बोलाइएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आमन्त्रण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






