काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्न लागेको बैठकमा कांग्रेसको तर्फबाट विभिन्न मन्त्रालयको नेतृत्व गरेका मन्त्रीहरूले आफूले गरेको कार्यसम्पादनको बारेमा केन्द्रीय समितिलाई अवगत गराउने कार्यसूची रहेको कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
यस्तै, बैठकमा आगामी पुस १६ गते पार्टीले मेलमिलाप दिवस मनाउने सम्बन्धमा, महासमिति बैैठकको तयारीलगायतका विषयमा छलफल हुनेछ । यसैगरी राष्ट्रियसभा निर्वाचनमा आवश्यक मापदण्ड र पार्टीले यसअघि नै सुरु गरेको समुदायमा कांग्रेस अभियानका सम्बन्धमा समेत छलफल हुने विश्वकर्माले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






