कोलम्बो । श्रीलङ्कामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको र डिसेम्बरमा मात्रै १० हजारभन्दा बढी सङ्क्रमित भेटिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले शुक्रबार जानकारी गराएको छ ।
एकाईका अनुसार डिसेम्बरमा १० हजार ५९० जनामा सङ्क्रमण देखिएको थियो भने नोभेम्बरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या सात हजार ९९५ रहेको थियो । डेङ्गु सङ्क्रमितको सङ्ख्या अक्टोबरमा चार हजार १० र सेप्टेम्बरमा दुई हजार ६०५ रहेको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाईले जानकारी गराएको छ ।
श्रीलङ्कामा यस वर्ष हालसम्म ८७ हजार ७८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ५५ जनाको मृत्यु भएको छ । कोलम्बो जिल्लामा सबैभन्दा बढी २१.१ प्रतिशत सङ्क्रमित भेटिएका छन् । श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले वर्षा याममा यो रोग फैलन सक्ने चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






