मुलकोट । रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल–भुटानमा आबद्ध नेपालभरका प्रशिक्षक रोटरियनहरुलाई सिन्धुलीको मुलकोटमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
नेपालभरका रोटरी क्लबहरुमा आबद्ध प्रशिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रोटरी डिस्ट्रिक्ट ३२९२ को प्रशिक्षण समितिका सह–अध्यक्ष बिष्णुहरि दाहालले बताए ।
शुक्रबार र शनिवार चल्ने प्रशिक्षणलाई रोटरीका प्रमुख प्रशिक्षकहरु जयन्द्र रिमाल, लक्ष्मण ज्ञवाली, सञ्जय गिरी, दिलेन्द्रराज श्रेष्ठ, जितेन्द्रबहादुर राजभण्डारी र सन्तोष रिजालले प्रशिक्षण दिनेछन् ।
यसैगरी, प्रशिक्षणकै दौरान आयोजित प्यानल छलफलमा प्यानलिस्टहरु डिस्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजू, डिस्ट्रिक्ट गभर्नर (इलेक्टेड) राजेन्द्रमान शेरचन र डिस्ट्रिक्ट गभर्नर (नोमिनी) बिनोद कोइराला रहेका छन् ।
प्रशिक्षण कार्यक्रममा विभिन्न रोटरी क्लबका ७५ जना सहभागी छन् । रोटरियनहरु बिष्णुहरि दाहाल, अशोकमान कपाली र अशोक प्याकुरेलले कार्यक्रमको सहजीकरण गरेका छन् । ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने भावकासाथ सामाजिक सेवामा कार्यरत रोटरी अभियान नेपालमा सन् १९५९ मा सुरु भएको हो ।
हाल रोटरी डिस्ट्रिक्ट ३२९२ मातहत १५४ क्लबमा ५ हजार ५४२ जना सदस्य आबद्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






