काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । धरानको लाङ्घाली बन उपभोक्ता समुहको भवनमा आयोजित तीन दिवसीय राजनैतिक प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधानबारे, संगठनात्मक कार्यपद्धति, पार्टीको आदर्श, संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद साथै लिम्बुवान र उत्पीडित राष्ट्रियताको मुक्तिका सवालहरु, समाजवादको ऐतिहासिक पृष्ठभूमि र विकासक्रमबारे प्रशिक्षण दिए ।
त्यसैगरी पार्टीका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले संघवादका आधारभूत सिद्धान्त र समाजवादको नेपाली बाटो विषयमा प्रशिक्षण दिए ।
पार्टीका कार्यकारिणी सदस्य रकम चेम्जोङलाई संगठन सुदृढीकरण अभियान तथा कार्यान्वयन र पहिचानको आन्दोलनको विषय रहेको थियो ।
त्यस्तै पार्टी विधान र संगठानात्मक पद्धतिबारे कार्यकारिणी सदस्य रणध्वोज कन्दङ्वा, राजनीतिमा लैङ्गिक सशक्तिकरण ः युवा विद्यार्थी र महिलाको भूमिकाको विषयमा कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठले प्रशिक्षण दिइन् ।
पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य परशुराम बस्नेत, डा. महेन्द्र लावती, दिलेन्द्र कुरुम्बाङ र खगेन्द्र माखीमले पनि प्रशिक्षण दिए ।
लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा सम्पन्न प्रशिक्षणमा एक सय पचास प्रतिनिधि सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






