रौतहट । ज्यान मार्ने धम्की दिई रकम मागेको अभियोगमा फतुवा बिजयपुर नगरपालिका–८ बस्ने ३५ वर्षीय श्रीभगवान साहलाई प्रहरीले पक्राउ गरेको छ ।
एक व्यापारीलाई पटक पटक फोन गरी उनी र उनका छोरा छोरीलाई ज्यान मार्ने धम्की दिई ५ लाखदेखि ५० लाख रूपैयाँसम्म रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो ।
साथै, सोही घटनामा संलग्न अन्य व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । उनी उपर आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






