काठमाडाैं । उत्तर कोरियाले युक्रेनमा हालै भएको आक्रमणमा प्रयोग भएका ब्यालेस्टिक क्षेप्यास्त्र र लन्चर रूसलाई उपलब्ध गराएको ह्वाइट हाउसले बिहीबार जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेको करिब दुई वर्ष हुँदै गर्दा रूसले आफ्नो सहयोगी इरानसँग क्षेप्यास्त्र खरिद गर्न खोजी गरिरहेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकासँगको ‘सैन्य भिडन्त’को तयारीका लागि क्षेप्यास्त्र लञ्चरको उत्पादन बढाउन आह्वान गरेपछि ह्वाइट हाउसको यो टिप्पणी आएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार प्योङयाङले आपूर्ति गरेको करिब ९०० किलोमिटर (५५० माइल) लामो दूरीमा हान्ने क्षेप्यास्त्रले रूसले युक्रेनमा गत साता दुई पटक आक्रमण गरेको थियो ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा कर्बीले भने, “हाम्रो जानकारीले के देखाउँछ भने प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) ले हालै रूसलाई ब्यालेस्टिक क्षेप्यास्त्र लन्चर र केही ब्यालेस्टिक क्षेप्यास्त्र उपलब्ध गराएको छ ।”
“यो रुसका लागि उत्तर कोरियाको समर्थनको एक महत्वपूर्ण हिस्सा हो र यसले विश्व समुदायको चिन्तालाई बढाएको छ ।” हालैका दिनहरूमा रूसले हवाई आक्रमण गरेको युक्रेनका लागि हवाई प्रतिरक्षा ‘पूर्णतया’ अमेरिकी प्राथमिकतामा रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






