बलेवा । तमानखोला गाउँपालिकाको स्याउलाका सर्वसाधारणलाई दुईवर्ष अघिसम्म सामान्य रगत परीक्षणको लागिसमेत कठिन थियो । रगत परीक्षणका लागि उनीहरु ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजार वा सदरमुकाम बागलुङ बजार पुग्नु पर्दथ्यो ।
स्याउला मात्रै होइन यहाँका सबै गाउँका सर्वसाधारणको व्यथा उही थियो । भौगोलिक हिसाबले दुर्गम मानिने तमानखोलाका अधिकांश स्वास्थ्य चौकीमा अहिले प्रयोशाला सेवा सञ्चालनमा छ । त्यहाँ सामान्य रगत, दिसापिसाबको परीक्षण हुन्छ । पालिका मुकाम बोङ्गादोभानमा रहेको बोङ्गादोभान स्वास्थ्य चौकीमा त बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा हुने सबै जाँच हुन्छ ।
गाउँकै स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा पाएपछि बिरामीले छिटो उपचार पाउँछन् भने उपचार खर्च घटेको छ । तमानखोला जस्तै निसिखोला गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि प्रयोगशाला सुरु भएका छन् । गाउँमै प्रयोशाला सञ्चालन हुँदा उपचार र निदानमा सहयोग पुगेको बोहोरा गाउँ स्वास्थ्य चौकीका प्रमुख कसिन्द्र शाही बताउँछन् ।
‘केही दिन पहिला एउटा प्रसूति व्यथा लागेकी महिला आएको थियो, एक्कासि रक्तचाप बढेको देखियो, रगत जाँच गर्दा पिसाबमा प्रोटिन देखियो,’ गलकोट नगरपालिकाको नरेठाँटी स्वास्थ्य चौकीका प्रमुख दिलुप्रसाद सुवेदीले भने,“हामीले समयमा अर्को स्वास्थ्य संस्थामा पठायौँं, समयमा शल्यक्रिया भएकाले आमा र बच्चा दुवैको ज्यान बच्यो ।”स्थानीय तह गठनपछि गाउँगाउँमा प्रयोशाला सेवा सञ्चालन सुरु भएका छन् । स्थानीय तहले स्थापना गर्ने र बन्द गर्ने गरेका कारण जिल्लामा प्रयोगशालाको वास्तविक तथ्याङ्क तयार भइसकेको छैन । तर केही वर्ष पहिलेभन्दा दुर्गममा खुलेका प्रयोशालाका कारण सर्वसाधारणले पाउने सुविधामा धेरै अन्तर आएको छ । ‘प्रयोशालाले उपचार र निदानमा धेरै सहयोग गरेको छ, अब गाउँमा आवश्यकता भनेकै प्रभावकारी प्रयोगशला हो,’ गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले भने,“जिल्लाभर ३८ वटा प्रयोशला सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।”
सदरमुकाम बागलुङ बजारमा एकमात्रै सरकारी अस्पताल छ । कुश्मीशेरा, गलकोट र बुर्तिबाङमा प्राथमिक स्वास्थ्य केन्द्र छन् । भौगोलिक अवस्थाका कारण यहाँका गर्भवतीलाई सुत्केरी हुने समयमा नजिकै ‘बर्थिङ सेन्टर’ नहुँदा सधैँ सास्ती हुने गरेको थियो ।
स्थानीय, प्रदेश र सङ्घ सरकारअन्तर्गतका कार्यालय र सामाजिक संस्थाको सहकार्यमा बागलुङमा ३६ ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएका छन् । पछिल्लो छ वर्षमा दश स्थानीय तहका ३६ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर विस्तार गरिएपछि प्रसूति सेवा सहज बन्दै गएको छ । ग्रामीण स्वास्थ्य सुधार परियोजना, बिवाइसी बागलुङ र फेयरमेड फाउण्डेसनले तीनै तहका सरकारसँगको सहकार्यमा जिल्लामा प्रयोगशला र बर्थिङ सेन्टर विस्तार गरेका हुन् । जिल्लाका १९ स्वास्थ्य संस्थामा प्रयोशाला स्थापना गर्न प्रत्यक्ष सहयोग र बाँकी स्वास्थ्य संस्थामा उपकरण सहयोग गरेको बिवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमले बताए ।
नजिकैका स्वास्थ्य संस्थामा ‘बर्थिङ सेन्टर’ नभएकाले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य जोखिममा हुने गरेकामा अब भने प्रसूति सेवा केही सहज बन्दै गएको जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बताए । ‘सरकारले योजना नबाएर गरेका काममा केही छुटफुट भएकाले गैरसरकारी संस्थाको साथ खोजिरहनुपरेको छ,’ थापाले भने,“स्रोतसाधनको परिचालनमा सरकारनै जिम्मेवार भएर लाग्नुपर्छ, सहयोगी संस्थाको साथ आवश्यक छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






