राष्ट्रियसभा निर्वाचनमा नेकपा (एस) का दुई उम्मेदवार

 
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ । 

बागमती प्रदेशका दलितकोटाबाट दोलखाका घनश्याम रिजाल र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 


 

आइतबार बिहान भएको सचिवालय बैठकले उम्मेदवार टुङ्ग्याउने जिम्मेवारी पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई सुम्पेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै