बुटवल । बुटवलबाट एक दम्पतीले सर्वसाधारणसँग करोडौं रकम ठगी गरेर फरार भएका छन् ।
गोरखा ताक्लुङ् स्थाइ घर भएका ४० बर्षका छविलाल राना र उनकी श्रीमती बर्ष ३९ की जगमाया रानाले आकर्षक ब्याजको प्रलोभन देखिएर बुटवलका दर्जनौं मानिससँग १ करोड रुपैयाँ भन्दा बढि रकम ठगेर फरार भएका हुन ।
बुटवलमा रहेका आफन्त, साथीभाइसँग विभिन्न कामको लागि भन्दै करोडौं रकम जम्मागरेर राना दम्पती फरार भएका हुन् । फरार रहेका राना दम्पतीलाई यथाशीघ्र पक्राउ गरी कारबाहीको माग गर्दै पीडितले सञ्चारकर्मी गुहारेका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै पीडितले न्याय पाउन धेरै ठाउँ धाए पनि कसैले सुनुवाइ नगरेको गुनासो गरेका छन् ।ठगी गर्ने राना दम्पतीले सुरुसुरुमा आफ्नो समस्या देखाइ समाधान गर्न लगाउने र केही व्यक्तीलाई बैंक रकम नभएको (बाउन्स चेक) समेत दिएका छन् । सुरुमा १–२ लाख माग्ने र केही दिनपछि यति अरु दिएपछि मात्र पैसा आउने र दिने बहाना बनाउदै पैसा असुल्ने पीडितहरूको भनाइ छ ।
राना दम्पतीले घरजग्गा खरिद गर्ने, व्यापार व्यवसाय गर्र्नेे,आपत् प¥यो भनि बुटवल उपमहानगरपालिका – ८,सुख्खानगर बस्ने कल्पना ढकाल सँग ४० लाख , सैनामैना–९,बाँसगढी बस्ने सुनिता क्षेत्री सँग ३८ लाख, बुटवल उपमहानगरपालिका –१२ नयाँगाँउ बस्ने कोपिला कंडेल सँग २५ लाख रकम सापटी लिएका,मिना शर्मा सँग २ तोला सुन लिएको पीडितहरूले बताएका छन् ।
राना दम्पतीेले आफ्नो पीडा देखाएर कोहीसँग सापटी, कोहीसँग व्याजमा गरी सिलसिलेबार ढंगबाट रकम उठाउँदै धेरैजनालाई ठगी गरेका छन् । राना दम्पतीले करोडौं रकम उठाएर फरार भएपछि पीडित व्यक्तिहरू न्यायको खोजीमा भौंतारिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






