वीरगञ्ज (पर्सा) । यस वर्षको गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार पर्साका पत्रकार वृजलाल पासवानलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ पर्सामा आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसियाले पत्रकार पासवानलाई नगद रु ५० हजार तथा कदरपत्र सहितको उक्त पुरस्कार प्रदान गरेका छन् ।
त्यस अवसरमा महासङ्घका सचिव दीपेन्द्र चौहानले नेपालको पत्रकारिता क्षेत्रको विकासका लागि गोपाल गिरीले गरेको योगदानकोे चर्चा गरेका छन् । पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाल, पर्सा महासङ्घका पूर्व अध्यक्ष अशोक तिवारी, स्व गिरीका सुपुत्र गिरिश गिरी, प्रहरी उपरीक्षक कोमलविक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले नेपालको राजनीनितिक क्षेत्रमा निर्वाह गरेको भूमिकाको स्मरण गरेका थिए ।
नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका तत्कालीन अध्यक्ष गोपाल गिरीको २०६० साल माघ १ गते विद्रोही समूह माओवादीले हत्या गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






