महोत्तरी । घर–घरमा तिलासक्रायत पर्व मनाएपछि मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा ‘लाइ’ (तिल, चिउरा, मुरी, लट्टे र जुनेलो भुटेर सखरको खुँदोमा मिलाएर बनाइने लड्डु, एक प्रकारको मिष्टान्न परिकार) बनाउन भ्याइनभ्याई छ । मैथिल धमाधम ‘सनेस’ (कोसेली) पुर्याउने चटारोमा छन् । घरघरमा पर्व मनाइएपछि मिथिलामा ‘सनेस’का लागि ‘लाइ’ बटार्ने (बनाउने) चटारो हुन्छ ।
मिथिला क्षेत्रका घरघरमा अहिले तिल, चिउरा, जुनेलो र मुरीका ‘लाइ’ बनाउन थालिएको छ । सोमबार तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व मनाइएसँगै अब पर्वको ‘सनेस’ नातेदारका घरमा पुर्याउने परम्परा धान्न ‘लाइ’ बनाउने व्यस्तता बढेको हो । विवाहित छोरी, दिदीबहिनी, पूmपू, दोस्त (मित) र अन्य आफन्तकहाँ पर्वको ‘सनेस’ पठाउने स्थापित मैथिल परम्परा छ ।
‘पर्व मनाइएपछि ‘लाइ’ बनाउने व्यस्तता बढ्छ, पर्व सम्पन्नपछि सनेस पठाउनुपर्ने भएकाले अहिले घरघरै यो कामले छोपेको छ’, बर्दिबास–९ पशुपतिनगरकी शैल महतो भन्छिन्, ‘यो सामाजिक–पारिवारिक वास्तासँग जोडिएको परम्परा बन्यो, मैथिल संस्कृति हो ।’
अघिअघिका वर्षमा माघ लागेसँगै बिहानैदेखि पारिलो घाम लाग्ने गरेको विगत सम्झना भए पनि यसपालि भने हुस्सु हटेको छैन । चिसो स्याँठबीच नै सनेसको तयारी गर्नुपरेको छ । ‘माघ लागेपछि बिहानदेखि पारिलो घाम लाग्थ्यो, यसपालि अँध्यारो कुहासा (हुस्सु) ले अझै छोडेको छैन’, शैलकी छिमेकी दिपियादेवी महतो भन्छिन्, ‘यतिबेला छोरीचेली माइती भेट्न आउँछन् भन्ने आशमा हुन्छन् ।’
सामान्यतया माघ लागेपछि चिसो घट्ने र घाम लाग्ने आम अड्कल यसपालि मिलेको छैन । माघे सङ्क्रान्तिका दिन घाम नदेखिएरै बितेको थियो । आज पनि हुस्सुले छोड्ने छाँटकाँट छैन । पहिलो दिन घर र छिमेकीबीच पर्व मनाएपछि त्यसयता विवाहित चेलीबेटी र मित–मितिनीकहाँ सनेस पठाउन ‘लाइ’ बनाउने गरिन्छ ।
मिथिलामा कात्तिक शुक्लपक्षमा मनाइने छठपर्व र माघ १ गते मनाइने तिलासक्रायत पर्वको कोसेली महिनैभरि आफन्तकहाँ पुर्याउने परम्परा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






