काठमाडौं । झापामा रहेको एक विद्यालयमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन् ।
सोमबार बिहान सवा १० बजे बिर्तामोड नगरपालिका वडा नम्बर ७ राधाकृष्ण टोलमा रहेको बेल्स मोडल इंग्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन् । स्कुलमा खेलकुद दिवसका अवसरमा कार्यक्रम थियो । त्यसका लागि बेलुन फुलाउन एउटा हाइड्रोजन ग्यास सिलिण्डर ल्याइएको थियो ।
बेलुन फुलाउने क्रममा एक्कासी सिलिण्डर पड्किएको प्रहरीले बताएको छ । सिलिण्डर पड्किएर डेकुरेसन सिलगुढी संस्थाबाट खटिएका भारतीय नागरिक ५४ वर्षीय गणेश सहनी गम्भीर घाइते छन् । उनको दाहिने खुट्टाको भाग चुडिएको छ । उनको उपचारको लागि बिएण्डसी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
सिलिण्डर पड्कँदाको ठूलो आवाजले गर्दा कक्षा ९ मा पढ्ने बिर्तामोड–७ की १५ वर्षीय कुसुम तामाङको कानमा समस्या आएको छ । उनको उपचारको लागि पनि बिएण्डसी अस्पतालमा पठाइएको छ । उनको अवस्था सामान्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






