काठमाडौँ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ । एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेशनले मेलिसियामा पाँचतारे प्लसको अंक प्राप्त गरेको हो ।
सूचना प्रविधि सम्बन्धी सो विश्वविद्यालय मलेसियामा पाँचतारे प्लस अङ्कप्राप्त गर्ने एक मात्र विश्वविद्यालय भएको लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालानले जानकारी दिए । सो विश्वविद्यालयले लर्डबुद्धसँग सूचना प्रविधि विषयमा अध्ययनका लागि लामो समयदेखि सहकार्य गर्दै आएको छ ।
एसिया प्यासिफिक युनिभर्सिटी विदेशी विद्यार्थी अध्यययन गर्ने आधारमा मलेसियाकै सबैभन्दा ठुलो र विश्वको १६ औँ नम्बरमा रहेको लर्डबुद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि रोजगारी दर समेत शतप्रतिशत रहेको फाउण्डेशनले उल्लेख गरेको छ । एसिया प्यासिफिक युनिभर्सिटीसँग लर्डबुद्ध एजुकेशन फाउण्डेशनले लामो समय देखि सहकार्य गर्दै आएको छ ।
सूचना प्रविधिको क्षेत्रमा पहिलो शैक्षिक संस्था लर्डबुद्ध एजुकेशन फाउण्डेशनले एसिया प्यासिफिक विश्वविद्यालयको सम्बन्धनमा सूचना प्रविधी विषयमा शिक्षा प्रदान गर्दै आएको छ ।
स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप समेत प्रदान गर्दै आएको फाउण्डेशनले पनि रोजगारी समेत उपलब्ध गराउँदै आएको छ । फाण्डेशनमा अध्ययनरत विद्यार्थी तथा शिक्षकका लागि ११ वटा अनलाइन लाइब्रेरीको समेत सुविधा उपलब्ध गराइएको अध्यक्ष जालानले जानकारी दिए ।
फाउण्डेशनले पढ्दै कमाउँदै नीतिलाई अङ्गीकार गरेर रोजगारयुक्त शिक्षा उपलब्ध गराएको छ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनमा अध्ययनरत विद्यार्थीले मलेशियाको एसिया प्यासिफिक युनिभर्सिटीमा समेत विद्यार्थी आदानप्रदान कार्यक्रम अन्तर्गत शैक्षिक सुविधा पाउने अध्यक्ष जालानको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






