जनकपुरधाम । जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मधेश सरकारले स्वाभिमान दिवस तथा एक वर्षे कार्य विवरण सार्वजनिक गरेको कार्यक्रममा सत्ता गठबन्धनकै एक घटक जनमत पार्टीले विरोध प्रदर्शन गरेको छ ।
उपलब्धि सार्वजनिक नगरिरहँदा सत्ता गठबन्धनकै जनमत पार्टीका नेताहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘साइकल चोरलाई कारबाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
कार्यक्रमको बिचमै जनमतका नेता(कार्यकर्ताहरूले प्रदर्शन गर्दा खैलाबेला भएको थियो । पछि मुख्यमन्त्री सरोजकुमार यादवले ‘साइकल काण्ड हमारे पालामे थोरही न हुवा है’ ९साइकल काण्ड हाम्रो पालामा भएको थिएन० भनेका थिए ।
कार्यक्रममा उनले आफ्नो एक वर्षे कार्यकालमा भएका उपलब्धिका विवरणहरु २२ पृष्ठमा सार्वजनिक गरेका छन् ।
२९ पुसमा जसपाका सरोजकुमार यादवले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका थिए । एक वर्षे उपलब्धि सार्वजनिक कार्यक्रमपछि अब त्यही हलमा जसपा अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन थालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






