फिक्कल (इलाम) । इलाममा निर्माणाधीन देउमाई–फाकफोक दोभान– नावालुङ– देउराली– हुलाक सडकको काम गुणस्तरहीन सामग्री प्रयोग भएको भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । जिल्लाको माङसेबुङ गाउँपालिका–१ मा पर्ने सो सडक खण्डको सब–बेसको काममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका हुन् ।
निर्माणमा संलग्न कम्पनीले लापरबाही रुपमा काम गरेको उनीहरुको आरोप छ । उनीहरुले गुणस्तरहीन काम रोक्न ठेकेदार कम्पनी देउमाई निर्माण कम्पनीलाई चेतावनी दिएका छन् । देउमाई–फाकफोक दोभान– नावालुङ–देउराली–हुलाक सडक आयोजनाको करिब पाँच किलोमिटर सडक सब–बेसमा गुणस्तरहीन सामग्री प्रयोग माङसेबुङ गाउँपालिका–१ का वसन्त योङहाङले बताए ।
स्थानीयवासीले वडाध्यक्ष भूपाल योङहाङ र प्राविधिक कर्मचारी दीपक चौधरीसहित स्थानीय राजनीतिक दलहरुलाई अनुगमन र निरीक्षणसमेत गराएका छन् । ठेकेदार कम्पनीले सब–बेसमा खोलाको ढुङ्गा–गिटी–बालुवा (रिभरबेस) हाल्नुपर्नेमा खानीको माटो प्रयोग गरेको योङहाङले बताए । “हामीले पहिलेदेखि नै ठेकेदार कम्पनीलाई गुणस्तरीय काम गर्न अनुरोध गरेका हौँं तर उनले बेवास्ता गरेका छन् ” स्थानीय योङहाङले भने, “ठेकेदार कम्पनीले सब–बेसमा माटो मात्र प्रयोग गरेका छन् । विच्छ्याएको सब–बेस हातले कोट्याउँदा माटो निस्कन्छ । यस्तो तरिकाले त राज्यको पैसा दुरुपयोग भएको छ ।”
उनले छिट्टै सरोकारवालाको दबाब समूह गठन गरी गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई दबाब दिने र भुक्तानी रोक्न गाउँपालिकामा अनुरोध गर्ने तयारीमा रहेको बताए । वडाध्यक्ष भूपाल योङहाङले अनुगमनका ठेकेदार कम्पनीको लापरबाही देखिएको बताए । अनुगमन र निरीक्षणका क्रममा ठेकेदार कम्पनीले खोलाको ढुङ्गा–गिटी–बालुवा प्रयोग गर्नुपर्नेमा स्थानीय घोर्लेभीर (खानी) को माटो प्रयोग गरेको पाइएको प्राविधिक कर्मचारीले बताए ।
यता ठेकेदार कम्पनी देउमाई निर्माण सेवाका प्रोपाइटर रमेश बस्नेतले भने गुणस्तरहीन सामग्री नै प्रयोग गरिएको जिकिर गरेका छन् । उनले खोलाको मात्र ढुङ्गा–गिटी–बालुवा प्रयोग गरे बाटो बलियो नहुने भएकाले खानीको माटो पनि मिसाउनुपरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






