काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ ७ गते बागमती प्रदेशको राजधानी हेटौँडा आउने भएका छन् । पूर्वराजा शाहको हेटौँडा भ्रमणबारे बुधबार हेटौँडामा राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर र रिपोर्टर्स क्लब नेपाल मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले पूर्वराजा शाहले हेटौँडाका विभिन्न धार्मिक स्थलको अवलोकनसहित पूजाआजा गर्नुका साथै शुभेच्छुक र समर्थकहरूसँग भेट गर्ने जानकारी दिए । नेता सिंहका अनुसार पूर्वराजा ज्ञानेन्द्रले हेटौँडाको चुरियामाई मन्दिर, हेटौँडा– १० मा रहेको भुटनदेवी मन्दिर र हेटौँडा– १३ पदमपोखरीमा रहेको ज्याङछुपलिङ पोतला गुम्बाको अवलोकनसहित पूजाआज गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, पूर्वराजा शाहले पैदलयात्रासहित धार्मिक अवलोकन भ्रमण गर्ने र हेटौँडा– ५ मा रहेको हेटौँडा रिसोर्टमा मकवानपुरका उद्योगी, व्यवसायी, शुभेच्छुक तथा पत्रकारहरूसँग समेत भेटघाट गर्ने जानकारी दिए ।
पूर्वराजा शाहको हेटौँडामा स्वागतका लागि नेता सिंहको संयोजकत्वमा मूल समारोह समिति तथा उपसमितिहरू पनि गठन गरिएको छ । पूर्वराजा शाहलाई एक हजार एक सय ११ जनाले स्वागत गर्ने कार्यक्रम तय भएको नेता सिंहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






