महोत्तरी । कृषि कार्यका सहयोगी ज्यावल र बीउ पाएपछि महोत्तरीको मटिहानीका किसान उत्साहित छन् । ब्याडमा पानी पटाउने हजारी, पानी भण्डारण गर्न ड्रम, उत्पादन टिप्ने र बजार पुर्याउने क्रेट, औषधि छर्कने ‘स्प्रेयर, नानो नाइट्रोजन’ झोल, ‘नर्सरी ट्रे’सहितका कृषि सामग्री र सागजब्जीका बीउ मटिहानी नगरपालिकाले किसानलाई वितरण गरेको छ । प्रारम्भिक चरणमा मटिहानी–७ र ९ का कृषक समूहमा आबद्ध ३० किसानले यी सामग्री पाएका छन् ।
सामान्यतः सागजब्जी खेतीमा आवश्यक सबैजसो सामग्री पाएपछि किसान खुुसी छन् । अहिले वैशाखी सागजब्जी लगाउने बेलामै सामग्री पाएपछि निस्फिक्री काममा लाग्न सहज भएको किसानहरू बताउँछन् । यसअघि मङ्सिरमा मटिहानी नगरपालिकाले गहुँखेती गर्ने किसानलाई बीउ उपलब्ध गराएको थियो । यो सुविधा नगरक्षेत्रका नौ सय किसानले पाएका मटिहानी नगर कार्यपालिकाको कार्यालयका कृषि शाखा प्रमुख टङ्कप्रसाद उपाध्यायले बताए ।
मटिहानी नगर कार्यपालिकाले आफ्नो क्षेत्रको कृषि उत्पादन बढाउन विभिन्न मौसमी बालीका समयमा बीउ, मलदेखि अन्य प्रविधिलगायत किसानलाई सुविधा दिँदै आएको जनाएको छ । “हाम्रो नगरको मुख्य आधार नै कृषि हो, त्यसैले विभिन्न बाली लगाइने बेला किसानका लागि खास ‘प्याकेज’मा सहयोग गर्दै आएका छौँ”, नगरप्रमुख हरिप्रसाद मण्डल भन्छन ।
नगर कार्यपालिकाको कार्यालयले पछिल्ला तीन–चार वर्षयता निरन्तर कृषि प्रवर्द्धनमा जोड दिँदै आएको लाभग्राही किसानले बताएका छन् । धान, गहुँँ र मौसमी सागजब्जीको बीउ समयमा पाउँदा निकै राहत मिलेको मटिहानी–५ का किसान नागेन्द्र यादव बताउछन् । कार्यालयले यसअघि ‘स्यालोट्युबवेल’ जडान गरी ३० जना किसानलाई मोटर ‘पम्पसेट’ उपलब्ध गराएको थियो । “स्यालो ट्युबवेल जडान र ‘मोटर पम्पसेट’ भएपछि बाली लगाउन पाइने भएको छ”, मटिहानी–२ का किसान शेषमहम्मद जैश भन्छन ।
नगरका नौवटै वडाबस्तीमा वैकल्पिक सिँचाइ व्यवस्थाका लागि आवेदन गरेका किसानलाई स्यालो ट्युबवेल जडान र मोटर पम्पसेट खरिदमा कार्यालयले कूल लागतमा ८५ प्रतिशत र सम्बन्धित किसानले १५ प्रतिशत रकम लगानी गरेका थिए । यसैगरी कार्यालयले यसअघि फलपूmल रोप्न, मखान बजार व्यवस्थापन सहयोगी सामग्री, दाइँ गर्ने यान्त्रिक उपकरण र कृषि ज्यावल किसानलाई उपलब्ध गराएको थियो । पछिल्ला पाँच वर्षयता बर्सेनि मौसमअनुसार बाली लगाउन बीउ, कृषि ज्यावल, जैविक मलसहितका सामग्री दिँदै आएको छ । प्राप्त सहयोगबाट आफु जस्ता गरिब किसानलाई निकै राहत मिलेको मटिहानी–६ का मेराज अन्सारी बताउछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने
- हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह
- आजको मौसमः केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा गर्मी बढ्ने
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति



ट्रेन्डिङ
खबरमुकाम




