धमाधम डिजाइन सच्याएर ग्वार्कोमा फ्लाइ ओभरको काम हुँदै

काठमाडौँ । ललितपुरस्थित ग्वार्कोमा फ्लाइ ओभरको काम धमाधम भइरहेको छ । निर्माण सुरु भएको झन्डै एक वर्षपछि फ्लाइ ओभरको डिजाइनमा समस्या रहेको भन्दै केही समयअघि काम रोकिएको थियो । करिब ६ महिनाअघि डिजाइन सच्याएर निर्माण अहिले तीव्रताका साथ अघि बढिरहेको हो ।

गत वर्ष माघबाट निर्माण सुरु हुने भनिएको भए पनि डिजाइन स्वीकृतमा ढिलाइ हुँदा फागुनबाट निर्माण कार्य सुरु भएको हो । निर्माण कम्पनीले पेस गरेको डिजाइन केही करेक्सन गरेर विभागले माघमा स्वीकृत गरेपछि फ्लाइ ओभरको निर्माण कार्यसुरु भएको थियो ।

अहिले ग्वार्कोस्थित मेन चोकमा पिलर उठाउने काम भइरहेको छ । निर्माणको जिम्मा पाएको आरसी, समानान्तर र रेलिग्रेले फ्लाईओभरको लागि वीएन्डवी अस्पतालबाट बालकुमारीसम्म र्‍याम उठाएर फ्लाइओभर निर्माण गर्ने योजना लिएको छ । 

कम्पनीले एमएसी वालको प्रयोग गरी ६ मिटरको पिल्लर निर्माण गरेर उचाइको फ्लाइओभर तयार गर्ने योजना बनाएको छ। फ्लाइओभरको लम्बाई कुल ४ सय ९० मिटर हुने छ । 

बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो र्‍याम र सातदाेबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको र्‍याम निर्माण गरिँदैछ । यसको उचाइ ६ मिटरको हुनेछ  । हाल ८ लेनमध्ये ४ लेनलाई उठाएर रिङ रोडमा फ्लाइओभर निर्माण गरिँदैछ । यो फ्लाइ ओभरले रिङरोडको जाम हटाउन सहयोग पुग्नेछ । 

जसअनुसार उक्त फ्लाइओभरले कलङ्की–कोटेश्वर सडक खण्डको सवारी फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनको सवारी ओभर पासको सडक खण्डबाट गुड्ने छन् । फ्लाइ ओभर निर्माणको लागत कुल १७ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै