मेयर पटेलले पाए भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौं ।  रौतहट, देवाही गोनाही नगरपालिकाका तत्कालिन मेयर धर्मेन्द्र प्रसाद पटेलले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । उनि पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए । बिशेष अदातलले उनलाई शुक्रबार सफाइ दिएको हो ।

उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पटेलले पाँच लाख घुस मागेको अख्तियारको दाबी थियो । 

 

दुई लाख ५० हजार नगद र दुई लाख ५० हजारको चेकसहित पक्राउ गरी अख्तियारले मुद्दा दायर गरेको थियो । आयोगले पटेलका सहयोगी अशोक प्रसाद पटेललाई समेत प्रतिवादी बनाएको थियो । दुवै जनाले सफाइ पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै