काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल र पनौती नगरका छ सय परिवारका लागि खानेपानी वितरण गरिएको छ । धुलिखेल–१० सुन्थानका तीन सय र पनौती–४ को चारमखर्कस्थित ज्यालाचिटी क्षेत्रका तीन सय परिवारका लागि खानेपानी वितरण गरिएको हो ।
बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत विनियोजित रू १५ लाखबाट ज्यालाचिटी खानेपानी उपभोक्ता समितिले निर्माण गरेको ९२ हजार लिटर क्षमताको ट्याङ्कीबाट पानी वितरण गरिएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत आयोजना सम्पन्न गर्न दुई सय १५ घरधुरीबाट रू पाँच हजारका दरले रकम सङ्कलन गरिएको समितिका अध्यक्ष दीपक थापाले जानकारी दिए । उनका अनुसार नयाँ ५७ सदस्यबाट रू नौ हजार पाँच सयका दरले रकम उठाइएको हो ।
चामखर्कमा रहेको मुहानको संरक्षण गरिनुका साथै दुई इञ्चको पाइपबाट ट्याङ्कीसम्म पानी ल्याइएपछि पानी पर्याप्त भएर यहाँका करिब तीन सय घरधुरी लाभान्वित भएका थापाले बताए । समितिमार्फत प्रत्येक घरधुरीमा खानेपानी वितरण गर्न नगर कार्यालयले १२ रोल पाइप, ४ नं वडा कार्यालयले नौ रोल पाइप सहयोग गरेको थियो ।
धुलिखेल–१० वडास्थित शारदा बतासेमा तीन सय घरपरिवारमा एक घर–एक धारा कार्यक्रमअन्तर्गत धारा जडान गरी पानी प्रयोगमा ल्याइएको शारदा बतासे उपभोक्ता समितिका अध्यक्ष गोविन्द शर्मा उपाध्यायले जानकारी दिए । उनका अनुसार बाँकी एक सय २५ परिवारका लागि चालु आर्थिक वर्षभित्रै धारा जडान गरी पानी पु-याइने योजना छ ।
यसअघि निर्माण गरिएको एक लाख लिटरको ट्याङ्की र थप १० हजार लिटरको पानी ट्याङ्की निर्माण गरी डिपबोरिङमार्फत तीन सय परिवारका लागि खानेपानी व्यवस्थापन गरिएको उपाध्यायले जानकारी दिए ।
नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य तथा गरिबी निवारणलगायतका क्षेत्रमा ‘दिगो विकास लक्ष्य’अनुसारको मापदण्डमा पुग्न लागेकाले सबै वडाका बस्ती र घरमा चालु आवभित्र धारा पु-याउने लक्ष्य राखिएको बताए । दक्षिण एशियामा धुलिखेल नगर गुणस्तरीय खानेपानी उपलब्ध गराउने नगरपालिकाभित्र पर्ने उनको भनाइ थियो ।
चालु आवमा प्रदेशअन्तर्गत रू एक अर्ब ४१ करोड २८ लाख ६० हजार रकम विभिन्न योजनामा विनियोजन गरिएको मन्त्री तीर्थ लामाले बताए । उनका अनुसार रू ४७ करोड ६३ लाख ६० हजार बराबरको खानेपानी, ऊर्जा तथा सिँचाइसम्बन्धी योजना समावेश भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







