काठमाठडौं । नेपाली सेनाले आफ्नो स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्वीर र युनिट विशेष प्रदर्शनी सञ्चालन गर्ने भएको छ ।
प्रदर्शनीमा सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्वीर, हातहतियार र उपकरणको प्रदर्शनी गरिने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार तस्वीर र युनिट विशेष प्रदर्शनी यही माघ ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ ।
प्रदर्शनीबाट सैनिकसम्बन्धी पोसाक, ब्याण्ड, हवाइ सेवा, घोडचढी, जङ्गल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी प्राप्त हुने छ ।
सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायतका गतिविधि र श्रव्य दृश्य सामग्रीको समेत प्रदर्शनी हुने जानकारी दिइएको छ ।
आमनागरिकलाई नेपाली सेनासम्बन्धी विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
प्रदर्शनी अवलोकन कर्तालाई यही माघ ९ गते दिउँसो दुईदेखि पाँच बजेसम्म तथा माघ १० गतेदेखि १३ गतेसम्म १० बजेदेखि अपरान्ह ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था छ ।
प्रदर्शनीबाट सर्वसाधारण र विद्यार्थीलाई सेनाका विभिन्न गतिविधिबारे जानकारी लिन सजिलो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






