काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी दिएका हुन् ।
उनले लेखेका छन् ‘गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन । पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु । मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोहि ‘स्लिप’ हुनै पर्दैन । बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु । सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस् । त्यसैबाट सबै स्पष्ट पार्ने नै छु ।
लामिछानेले सहकारीको रकम ठगी गरेको बारेमा विभिन्न समाचारहरु आइरहेका छन् । उनले भने त्यसको प्रतिवाद गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







