काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिकसत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चारवर्षे वार्षिक प्रणाली र आठ सेमेस्टर प्रणाली तथा स्नातकोत्तर तहको चार सेमेस्टर प्रणालीको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।
सम्बन्धित सङ्काय र अध्ययन संस्थानका डिन बसेर शैक्षिक क्यालेन्डर बनाइएको परिषद्का सदस्य सचिव एवं परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार वार्षिक प्रणालीअन्तर्गत चार वर्षका लागि पहिलो वर्षको परीक्षा २०८१ भदौको दोस्रो साता, दोस्रो वर्षको भर्ना २०८१ असोजको दोस्रो साता र परीक्षा २०८२ असारको दोस्रो साता तोकिएको छ ।
त्यस्तै, तेस्रो वर्षको भर्ना २०८२ असारको दोस्रो साता, परीक्षा २०८३ जेठ दोस्रो साता, चौथो वर्षको भर्ना २०८३ असार दोस्रो साता र परीक्षा २०८४ वैशाख दोस्रो साता तोकिएको छ । यसैगरी, स्नातक तहको सेमेस्टर प्रणालीअन्तर्गत पहिलो सेमेस्टरको परीक्षा २०८१ वैशाखमा, दोस्रो सेमेस्टरको २०८१ असोज, तेस्रो सेमेस्टरको २०८१ चैत, चौथो सेमेस्टरको २०८२ भदौ÷असोजमा तोकिएको छ ।
स्नातकतर्फको पाँचौँ सेमेस्टरको २०८२ चैतमा, छैटौँ सेमेस्टरको २०८३ असोज, सातौँ सेमेस्टरको २०८३ चैत र आठौँ सेमेस्टरको २०८४ असोजमा तोकिएको छ । स्नातकोत्तर तर्फको प्रथम सेमेस्टरको परीक्षा २०८१ असार, दोस्रो सेमेस्टरको २०८१ माघ, तेस्रो सेमेस्टरको २०८२ असार र चौथो सेमेस्टरको २०८२ पुसमा तोकिएको परीक्षा नियन्त्रक जोशीले बताए । सेमेस्टर र वार्षिक प्रणालीमा १ सय दिनभित्र नतिजा निकाल्ने गरी तयारी गरिएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






