नोम पेन्ह । उत्तरपश्चिमी कम्बोडियाको प्रेह विहेर प्रान्तको सैन्य प्रहरीले छिमेकी देशबाट तस्करी गरिएको १.०२ टन अवैध लागुऔषध बरामद गरेको छ ।
प्रेह विहेर प्रान्तीय सैन्य प्रहरीका प्रमुख ब्रिगेडियर जेनेल काङ साओकुनले जनवरी २० को राति चे सेन जिल्लामा छाडिएको एसयूभी कारमा उक्त परिमाणको लागुऔषध भेला पारिएको बताएका छन् ।
उनले छिमेकी मुलुकबाट सीमा पार गरेर लागुऔषध ओसारपसार गर्ने शंकास्पद व्यक्तिहरू उक्त क्षेत्रमा गस्तीमा रहेका प्रान्तीय सैनिक प्रहरी अधिकारीले देखेपछि कार छाडेर नजिकैको जङ्गलमा भागेको पनि उनले जानकारी दिएको छन् ।
"कुल १ हजार २० किलोग्राम क्रिस्टल मेथाम्फेटामाइन बरामद गरिएको छ र हामी संदिग्ध (हरू) को खोजी गरिरहेका छौं," उनले सिन्ह्वालाई भने । सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्मको कारबाहीका क्रममा लागुऔषध संदिग्ध कारोबारीहरूको कब्जाबाट कुल २.९७ टन सबै प्रकारका अवैध लागुऔषध बरामद गरिएको प्रतिवेदनले जनाएको छ ।
बरामद लागुऔषधमा हेरोइन, एक्स्टेसी, केटामाइन, निमेटजेपाम, कोकिन, क्रिस्टल मेथाम्फेटामाइन, मेथाम्फेटामाइन चक्की, क्याथिनोन लगायतका लागुऔषध रहेका छन् । यहाँ अवैध लागुऔषध तस्करलाई मृत्युदण्डको सजाय छैन तर ८० ग्रामभन्दा बढी अवैध लागुऔषध ओसारपसारमा दोषी पाइएमा आजीवन कैद सजाय हुनसक्ने प्रावधान छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






