दीपायल । डोटीमा कृषिबाली सुधार्न माटो परीक्षण गरिएको छ । जिल्लाको आदर्श गाउँपालिका अन्तर्गत विभिन्न वडाको माटोको अवस्था बुझी माटो सुधारका उपायहरू अपनाउन र उत्पादन बढाउन सहजताहोस् भन्ने हेतुले माटो परीक्षण शिविर सञ्चालन गरिएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले बताए ।
माटो परीक्षणको नतिजाअनुसारका कृषिको पकेट क्षेत्र तय गरी बजेट व्यवस्था गरिने अध्यक्ष खड्काले बताए । माटो परीक्षणपछि खेतबारी सुधार्न किसानाई राहतहुने आदर्श गाउँपालिका–१ नम्बरका स्थानीय मुकुुन्द अवस्थीले बताए । यहाँका किसानका लागि यो राम्रो अवसर भएको उनको भनाइ छ ।
माटो परीक्षणपछि खेतबारी सुधार्न किसान स्वयं जुट्न आवश्यक रहेको कृषि विकास निर्देशनालय राजपुर डोटीका निर्देशक यज्ञराज जोशीले बताए । कृषि क्षेत्रमा आदर्श गाउँपालिकाले विभिन्न गतिविधि सञ्चालन गरिएकाले यसलाई निरन्तरता दिनका लागि सोहीअनुसारका नीति तथा कार्यक्रम तय गरी अगाडि बढ्नुपर्ने निर्देशक जोशीले बताए ।
माटो परीक्षण घुम्ती शिविरमा सबै वडाका किसानले माटो परीक्षणका लागि ल्याएको आदर्श गाउँपालिकाकी उपाध्यक्षलक्ष्मी रोकाया धामीले जानकारी भयो । दिनप्रतिदिन बसाइँसराइ समस्याले ग्रसित भइरहेको गाउँपालिकामा कृषिसम्बन्धी विभिन्न समस्या भइरहेको बताउँदै उपाध्यक्ष रोकायाले माटो परीक्षणबाट आएको नतिजाका आधारमा आदर्श गाउँपालिकाले किसानलाई सहयोग गर्ने पनि बताए । गाउँपालिकाका विभिन्न वडामा माघ ७ र ८ गते सञ्चालन भएको शिविरबाट तीन सय ३३ वटा माटोको नमुना सङ्कलन गरिएको माटो तथा मलपरीक्षण प्रयोगशाला कञ्चनपुरका प्राविधिक अधिकृत दलबहादुर खड्काले बताए ।
माटो परीक्षणको नतिजा २/३ दिनभित्र आउने अधिकृत खड्काले बताए । माटोको उपचार र संरक्षणबारे डोटीलगायत सुदूरपश्चिम प्रदेशका धेरै किसान अझै पनि अनभिज्ञ रहेको उनको भनाइ छ । आदर्श गाउँपालिकाको आयोजना, कृषि विकास निर्देशनालय राजपुरको समन्वय र माटो तथा मल परीक्षण प्रयोगशाला कञ्चनपुरको सहयोगमा शिविर सञ्चालन गरिएको आदर्श गाउँपालिकाका कृषिशाखा प्रविधि खेमराज पाठकले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







