राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने भएको छ । आगामी २०८१ वैशाख १ गतेदेखि उपमहानगरपालिकाको सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ पूर्णरूपमा निषेध गर्ने गरी तयारी सुरु गरिएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिए । “उपमहानगरपालिकाको कार्यपालिका बैठकबाटै १ वैशाख २०८१ देखि नगर क्षेत्रभित्र सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको उपभोग तथा बिक्री–वितरण पूर्णरूपमा निषेध गर्ने गरी तयारी गर्ने निर्णय भइसकेको छ”, नगरप्रमुख विष्टले भने, “त्यसलाई कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफलका साथै आवश्यक तयारी सुरु गरिएको छ ।”
सरोकारवाला निकायसँगको बैठकले सुर्तीजन्य पदार्थबाट हुने हानि–नोक्सानीबारे विभिन्न माध्यमबाट पालिकाभर व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिका कार्यालयसँगै वडा कार्यालय र नगरभित्रका सम्पूर्ण कार्यालयमा सुर्तीजन्य पदार्थको उपभोग तथा वितरणमा निषेध गर्ने गरी सचेतनामूलक सूचनापाटी टाँस गर्ने एवं सुर्तीजन्य पदार्थको उत्पादन र बिक्री–वितरण गर्ने निकाय एवं व्यवसायीको तथ्याङ्क सङ्कलन गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले बताए ।
“वैशाख १ देखि नगरको सार्वजनिकस्थल सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको छ, त्यसको सुरुआत उपमहानगरपालिका कार्यालयबाटै गर्छौं”, प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, “प्रभावकारी कार्यान्वयनका लागि सचेतना प्रवद्र्धनसँगै तयारी अभियान सुरु गर्दैछौँ ।”
सरोकारवाला निकायसँगको छलफलमा नेपाल सरकारका उपसचिव पुष्कर नेपालले सङ्घीय ऐनमा सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणका विषयमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारले तदारुकता देखाउन आवश्यक रहेको बताए । उनले स्थानीय सरकारले जनतालाई रोग लागिसकेपछि उपचारका लागि आर्थिक सहयोग दिनेभन्दा जनतालाई रोग लाग्नै नदिन सुर्तीजन्य पदार्थ प्रयोग तथा बिक्री वितरणमै रोक लगाउनु बुद्धिमानी हुने उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






