काठमाडौं । भिटामिन बी १२ शरीरका लागि एकदमै आवस्यक हुन्छ । यसले रक्त कोषिकाहरु बनाउने काम गर्छ ।
शरीरमा यो भिटामिन कम हुँदा कमजोरी, वाकवाकी जस्ता समस्या हुने गर्छन् । खुट्टाका औंलाको सहयोगले शरीरमा भिटामिन बी १२ को कमी भएको लक्षण पत्ता लगाउन सकिन्छ ।
हाम्रो शरीरमा रक्तकोषिका बढाउन भिटामिन बी १२ चाहिन्छ । यो भिटामिनले डीएनए बनाउन पनि सहयोग गर्छ । भिटामिन बी १२ पानीमा घुल्ने गर्छ । यसले मेटाबोलिज्ममा पनि सुधार ल्याउँछ ।
शरीरमा भिटामिन बी १२ को कमी भयो भने एनीमिया, थकान, कमजोरी तथा डिप्रेशनजस्ता समस्या हुन सक्छन् । यस्तोमा तपाईंले आफ्नो खानपानमा भिटामिन बी १२ प्राप्त चीज भरपूर मात्रामा समावेश गराउनुहोस् ।
शरीरमा भिटामिन बी १२ को कमी हुँदा न्यूरोलोजिकल समस्या हुन सक्छ । यस्तोमा तपाईंका खुट्टामा झनझनाहट महसुस हुन सक्छ ।
धेरै मानिसमा भिटामिन बी १२ को कमी हुँदा खुट्टाका औंलामा ऐठन महसुस हुन्छ । यो समस्या खुट्टाका औंलामा मात्र सीमित भने हुँदैन । सम्पूर्ण शरीरमा जहाँ पनि हुन सक्छ ।
तपाईंले भिटामिन बी १२ को कमी पूरा गर्न चाहनुहुन्छ भने खानामा माछामासु, दुध, पनीर तथा अन्डा जस्ता चीज सेवन गर्न सक्नुहुन्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







