काठमाडाैं । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई समय अनुसार पाठ्यक्रम र सीपको विकास गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरको तालिम दिएकाे छ । कलेजकाे इलेक्ट्रिकल एण्ड इलेक्ट्राेनिक्स तथा इलेक्ट्राेनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विभागकाे अन्तिम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको पीएलसी र स्काडाको एक महिने तालिम दिइएकाे हाे ।
दक्ष जनशक्ति उत्पादन हुन इन्डष्ट्रि र एकेडेमियाको उत्तिकै भूमिका रहेको हुँदा पाठ्यक्रममा समावेस नभए पनि समयको माग र बजारलाई हेरेर नन-क्रेडिट कोर्षको रुपमा तालिम अगाडी बढाइएको कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गा प्रसाद भण्डारीले बताए । विद्यार्थीहरूलाई विषयगत ज्ञानमा अझ पाेख्त बनाउनका लागि कलेजले तालिम चलाएकाे उनकाे भनाई छ ।
नेपालमै पहिलो पटक कलेज स्तरमा यति लामो तालिम दिन पाउँदा आफुहरु खुशी रहेको कलेजकाे इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विभागका विभागीय प्रमुख अमित साह र यम कृष्ण पौडेलले बताए । अटोमेसन क्षेत्रमा बढी जनशक्तिकाे माग रहेकाे र यो कोर्षले विद्यार्थीहरुलाई सीप सँग जोड्ने हुँदा जागिर प्राप्तिका लागि थप सहयोग पुग्ने उनीहरुको भनाई छ ।
अटाेमेसनकाे दुनियाँमा पीएलसीकाे भूमिका अत्यन्त महत्वपूर्ण भएकाे भन्दै विद्यार्थीहरूले तालिममा सिकेका कुराहरू व्यवहारिक रूपमा प्रयाेग गर्ने बताए । कलेज स्तरमै यस्ता सीपयुक्त तालिमहरू पाउँदा अध्ययन पश्चात व्यवसायिक क्षेत्रमा अगाडी बढ्न धेरै सहयाेग पुग्ने उनीहरूकाे विस्वास छ ।
कलेजका करिब ५० जना विद्यार्थीहरुले १ महिनासम्म तालिममा उत्साहजनक रूपमा सहभागिता जनाएका थिए । जापान, इन्डियाको मित्सुबिशी कम्पनी र नेपालको फ्याक्ट्री सोलुसनसँगको सहकार्यमा तालिम सञ्चालन गरिएको थियो ।
नेपालकै पहिलो निजी लगानीमा स्थापना भएको शैक्षिक संस्थाका रूपमा पाेखरा विश्विवद्यालयबाट सम्बन्धन प्राप्त नेपाल इन्जिनियरिङ कलेजले विद्यार्थीहरूलाई समयसमयमा विषयगतरूपमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरूसँगकाे सहकार्यमा तालिम र अनुसन्धानहरू गर्दै आइरहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






