काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा राहदानी विभागमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदीप भट्टराई र घूस दिएको आरोपमा सुमित्रा सापकोटा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
दुवै जना विरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरले बताएका छन् ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा कार्यरत इन्जिनियर भट्टराई राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका थिए । उनले राहदानी बनाइदिने भनेर सापकोटाबाट ३४ हजार रुपैयाँ घूस लिएको अख्तियारले बताएको छ ।
अख्तियारको अनुसन्धानमा राहदानी बनाउनका लागि सापकोटाले भट्टराईको खातामा ३४ हजार रुपैयाँ जम्मा गरेको पाइएको प्रवक्ता घिमिरेले बताएका छन् । दुवै जनाले घूस लिने र दिने गरेको पाइएकाले मुद्दा दर्ता गरिएको उनको भनाइ रहेको छ।
घूस लिएको आरोप लागेका इन्जिनियर भट्टराईलाई तीनदेखि चार महीना कैद सजाय माग दाबी गरिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, २५ हजारदेखि ५० हजार रुपैयाँ घूस लिँदा तीनदेखि चार महीना कैद हुने व्यवस्था छ ।
त्यस्तै, घूस दिएको आरोपमा सापकोटालाई भट्टराईलाई हुने सजायको आधा सजाय दाबी गरिएको छ । ऐनको दफा ३ को उपदफा ४ मा घूस लिने दुरुत्साहन गर्ने व्यक्ति राष्ट्रसेवक भएमा त्यही बराबर र अन्य व्यक्ति भएमा आधा सजाय हुने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






