आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न 

काठमाडौं । काठमाडौंस्थित सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

यही मिति २०८० माघ १२ गते नेपालका लागि बेलायती राजदुत रोब फेन(Rob Fenn)को प्रमुख आतिथ्यमा र सन्डरल्याण्ड विश्वविद्यालय  ( University of Sunderland UK ) का उच्च तहका प्रतिनिधि र अविभावकहरुको उपस्थितिमा होटल याक एण्ड यतीमा सम्पन्न भएको हो । 

उक्त समारोहमा बि.बि.ए, बि.एच.एम, बि.एस.सी, आइटी(सीएसइ) उत्तिर्ण ३१९ जना विद्यार्थीहरु दिक्षित भएका छन् । उक्त समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई विश्वविद्यालयले विशेष अवार्ड समेत प्रदान गरेको थियो ।

 

आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि सन्डरल्याण्ड विश्वविद्यालय  कै सम्बन्धनमा कलेज संचालन गरि  बि.बि.ए, बि.एच.एम, बि.एस.सी, आइटी(सीएसइ), बि.एस.सी (Hons) साइबर सुरक्षा र डिजिटल फोरेंसिक्स र एमबिए कार्यक्रम संचालन गरि रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै