सचेतक बर्तौलाले भने : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पताल हुनु हुँदैन

काठमाडौं । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल हुनु नहुने बताएका छन् । सोमवार सिंहदरबारमा बसेको कानून, न्याय तथा संसदीय मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले न्याम्सअन्तर्गत नै वीर अस्पताल हुने हो भने नेपाल सरकारको केन्द्रिय अस्पताल कुन हो ? भन्दै प्रश्न गरे । उनले यो विधेयक असाध्यै स्पष्ट ढंगले ल्याएको र विधेयकमा राखेको प्रावधान र व्यवस्था यो स्वास्थ्य क्षेत्रलाई सरकारले केन्द्रिय अस्पतालका रुपमा वीर अस्पताललाई अघि बढाउनुपर्छ भन्ने भावनासाथ ल्याएको देखिने बताए । उनले प्रतिष्ठानअन्तर्गत रहने हो भने सरकारले भनेको कुराहरु अस्पतालहरुले नमान्ने स्थिति आउने विगतको अनुभवबाट जानकारी पाएको बताए ।

न्याम्स प्रतिष्ठान मात्रै भएकाले आफ्नो युनिभर्सिटी बनाउन नसके सो समयसम्म वीर अस्पतालसँग सम्झौता गरेर चलाउन सकिने बताए ।

 

उनले भने, ‘यो विधेयक असाध्यै स्पष्ट ढंगले सरकारले ल्याएको छ जस्तो देखिन्छ । विधेयकमा राखेको प्रावधान र व्यवस्था यो स्वास्थ्य क्षेत्रलाई सरकारले केन्द्रिय अस्पतालका रुपमा वीर अस्पताललाई अघि बढाउनुपर्छ भन्ने भावनासाथ ल्याएको छ । सिंगो देशलाई ध्यान दिएर हामीले बनाउने कानून के हो भने नेपाल सरकारको अब यहाँहरुले भनेकै जस्तो न्याम्सअन्तर्गत नै वीर अस्पताल हुने हो भने नेपाल सरकारको केन्द्रिय अस्पताल कुन हो ? मलाई एकपटक बताइदिनुहोस् न । प्रतिष्ठानभित्र जब त्यो वीर अस्पतालभित्र तपाईहरु पनि हुने भोलि ट्रमा पनि जोडिँदै जाने भन्ने ढंगबाट जाने हो देशको केन्द्रिय अस्पताल कुन हो ? आज टिचिङ सरकारले भनेको अनुसार हुन्छ । बिपी सरकारको सिधै भनेअनुसार छ ? पाटन छ ? वीर अस्पताल पनि प्रतिष्ठानअन्तर्गत लिएर गएर । न्याम्स एउटा प्रतिष्ठान हो, उसले आफ्नो युनिभर्सिटी, आफ्नो कलेज आफ्नो बनाउनुपर्छ । बनाउन सक्दैन भने त्यति बेलासम्म उसले वीर अस्पतालसँग एमओयु गरेर चलाउनसक्छ । कोभिडको समयमा वीर अस्पतालले नेपाल सरकारलाई सहयोग गरेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै