काठमाडौं । अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा ज्योतिषी भवेश भट्टराई सम्मानित भएका छन्।
दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समिति र एष्ट्रो वास्तु एण्ड साइन्सेस हव पटना भारतको संयुक्त आयोजनामा आज काभ्रेको धुलिखेलमा सम्पन्न अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा भट्टराई सम्मानित भएका हुन्।
सम्मेलनममा नेपालको संघीय संसद प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी, विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेल, एसियन एष्ट्रोलोजर कङ्रेस अध्यक्ष मण्डलका महासचिव प्राडा एस.के शास्त्री, नेपाल पन्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक ज्यो.पं.सुर्यप्रसाद ढुङ्गेल, भारतबाट दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समितिका सहअध्यक्ष आचार्य डा.अशोककुमार मिश्र, दक्षिण एसियाली ज्योतिष महासंघका प्रमुख सल्लाहकार प्राडा माधवप्रसाद पाण्डे उपस्थिति थिए ।
यस्तै, नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष ज्यो.माधवराज पाण्डे, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति बंगलादेशका कोषाध्यक्ष फकिर एसिर अरफत मेहदी, श्रीलंकाबाट दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष डा.जि.एम.गुणपाला, दक्षिण एसियाली ज्योतिष महासंघ भुटानका सभापति डा.प्रेमसिंङ साम्पाङ्ग राई, विश्व ज्योतिष महासंघ मलेसियाका सभापति डा.टि.सिल्वा, थाइल्यान्डबाट तनुश्री दुवे, विश्व ज्योतिष महासंघ बर्माका सभापति डा.नारायणप्रसाद पाण्डे र अमेरिका, जापान, चीन लगायतका विभिन्न देशका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सम्मेलनमा ज्योतिष, वास्तु तथा तन्त्रका विषयमा छलफल , राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तिहरुलाई सम्मान, महासंघको अनुसन्धानात्मक मुखपत्र मन्दाकिनी विमोचन र संस्थाको लोगो वितरण लगायतको कार्यक्रम रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी

ट्रेन्डिङ
खबरमुकाम







