काठमाडौं । उपत्यकाको मौसमी तापक्रममा भएको वृद्धिका कारण यस वर्ष संघीय राजधानीका अस्पतालहरूमा डेङ्गु रोगका बिरामीको चाप बढ्ने भएको छ । जनस्वास्थ्य विज्ञका अनुसार गर्मी अध्यधिक बढेसँगै वर्षात मौसम समेत शुरू हुन लागेकाले रोग फैलाउने लामखुट्टेको प्रकोप बढेसँगै बिरामीको चाप समेत बढ्नेछ ।
वर्षा मौसमको शुरूवात हुनु अघि देखि नै काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा डेङ्गु रोगका बिरामीको संख्या उल्लेख्य देखिएको छ । समयमै उपचारका कारण बिरामीको ज्यान नगएपनि संक्रमण दर चिन्ताजनक छ ।
गर्मी मौसममा मात्र डेङ्गु रोगको संक्रमित फेला पर्ने गरेकोमा मंसिर,पुस र माघ महिनामा पनि बिरामी फेला पर्न थालेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सात प्रदेशमध्ये बागमती र ७७ जिल्लामध्ये काठमाडौं जिल्लामा सर्वाधिक बिरामी भेटिएका छन् । असार १ गतेको प्रतिवेदन अनुसार गत जनवरी महिनादेखि बागमती प्रदेशमा ४०३ बिरामीको डेङ्गु रोगको उपचार गरिएको छ। यो मध्ये काठमाडौं जिल्लाभित्रका मात्र १२२ जना बिरामी थिए ।
यसैगरी कोशी प्रदेशको झापामा पनि डेङ्गु रोगको उल्लेख्य संक्रमण देखिएको छ। महाशाखाका अनुसार कोशी प्रदेशमा जनवरी महिनायता डेङ्गु रोगका २७७ जना बिरामी फेला परेकोमा झापाका मात्र १११ जना छन् ।
महाशाखाका अनुसार जनवरी महिनायता सन् २०२४ मा ७२ जिल्लामा डेङ्गुको संक्रमण देखिएको छ । यी जिल्लामा असार १ गतेसम्ममा कूल १ हजार १७५ मानिस डेङ्गुबाट संक्रमित भएका छन् ।
यसवर्ष देशैभर तापक्रममा उच्च वृद्धि महशुस गरिएकाले तराईका जिल्लामा पनि डेङ्गु संक्रमणको जोखिम रहेको छ ।
महाशाखाका अनुसार गत वर्ष सन् २०२३ मा देशभर कुल ५१ हजार २४३ संक्रमितको उपचार गरिएकोमा उपचारको क्रममा २० जनाको ज्यान गएको थियो । ७७ मध्ये १६ जिल्लामा संक्रमितको संख्या ५०० भन्दा माथि रहेको थियो । गत वर्ष अगस्ट, सेप्टेम्बर र अक्टुबर९मध्य साउनदेखि मध्य कात्तिकसम्म० संक्रमितको संख्या प्रत्येक महिना १२ हजार नाघेको थियो ।
एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस प्रजातीको लामखुट्टेको टोकाईबाट यो रोगको संक्रमण हुन्छ। विशेषगरी वर्षातको पानी जम्ने खुल्ला ठाउँमा यो प्रजातिको लामखुट्टेले फुल पार्छ। तैरिएको फुलबाट लार्भा निस्किन्छ। र त्यही लार्भा वयस्क भएपछि यसले मानिसलाई टोकेर डेङ्गुको संक्रमण फैलाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






