अविनाश चौधरी
धनगढी, । थारु समुदायमा बालबालिकाका पर्वको रूपमा लिइने गुरही पर्व आज मनाइँदैछ । खेतीपातीको कामपछि यो समुदायमा पहिलो पर्वको रूपमा गुरही मनाउन लागिएको हो । गुरही पर्वमा कपडाको गुरही (गाइने किरा) बनाएर गाउँभन्दा दक्षिण रहेको चौकमा साँझपख सेलाउने चलन छ । जसलाई थारु भाषामा गुरही असरैना भनिन्छ ।
यो पर्वमा बालिका वा किशोरीहरूले आफूसँग ल्याएको गुरही चौकमा फाल्ने र बालक वा किशोरहरूले ‘दे घुघ्री, दे घुघ्री’ भन्दै लट्ठी वा सोंताले ठटाउने, पिट्ने चलन रहेको जनाइएको छ । त्यसपछि गुरहीसँग ल्याइएको भुजा तथा गेडागुडी बाँडेर खाने चलन छ । गुरहीलाई ठटाएर गाउँघरबाट रोगव्याधि धपाउने गरेको मान्यता रहिआएको छ ।
स्रोत: गोरखापत्र अनलाइन
गुरही पर्वमा गुरही असरैना कार्य पूरा गरेमा बालबालिकामा रोगव्याधि नलाग्ने र लागेको भए निको हुने गरेको जनविश्वास रहेको थारु अगुवा ठाकुर करिया प्रधानले बताउछन । खेतीपातीको कामपछि थारु समुदायको यो पहिलो पर्व रहेको जनाउँदै उनले संस्कृति संरक्षण र युवा पुस्तालाई गर्न आवश्यक रहेको उल्लेख गरेका छन ।
यसैबिच, आज धनगढीको गुरही चौकमा नाचगानसहित सामूहिक रूपमा गुरही असरैना कार्यक्रम गर्ने तयारी गरिएको छ । सखी सञ्जालसहित थारु सम्बद्ध विभिन्न सङ्घसंस्थाको आयोजनामा गुरही असरैना कार्यक्रम गर्ने जनाइएको छ । थारु समुदायको गुरही, कठरिया थारु समुदायको पचइया पर्वको अवसर पारेर कैलालीका विभिन्न स्थानीय तहले आज स्थानीय सार्वजनिक बिदा दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






