दक्षिणी भारतको आन्ध्र प्रदेशको कासिबुग्गाको वेंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिदा कम्तीमा नौ जनाको मृत्यु भएको आन्ध्र प्रदेशका गभर्नरले बताए ।
उनले मन्दिरमा भक्तको भीडभाडको बिचमा भागदौड हुँदा नौ जना तीर्थयात्रीको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरे । प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडमा आफ्ना प्रियजन गुमाउनेप्रति समवेदना व्यक्त गर्दैै घाइतेको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरेको बताउए ।
यस अघि सेप्टेम्बरमा, तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता-राजनीतिज्ञ विजयको चुनावी र्यालीमा भागदौड भएपछि कम्तीमा ३६ जनाको मृत्यु भएको थियो । यसै गरी जुन कहिनामा, ओडिसा राज्यमा भागदौड हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।
अघिल्लो महिना, गोवामा धार्मिक अनुष्ठानका लागि भेला भएका हजारौँ भक्तको बिचमा भागदौड मच्चिँदा छ जनाको मृत्यु भएको थियो भने जनवरीमा, उत्तरी सहर प्रयागराजको हिन्दू मेगा पर्व कुम्भ मेलामा कम्तीमा ३० जनाको मृत्यु भएको थियो । एएफपी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





