निशा राई
धरान, । पिण्डेश्वर बाबाधाममा यो वर्ष पूजा तथा दर्शन गर्ने श्रद्धालु भक्तजनको अधिक भीड लागेको छ ।
धरान उपमहानगरपालिकाको वडा नं.१४ विजयपुर डाँडास्थित पिण्डेश्वर बाबाधाममा प्रत्येक वर्षको साउन महिनामा लाग्ने बोलबम मेलामा यस वर्षको पहिलो सोमबारदेखि नै बोलबममा पूजा तथा दर्शन गर्ने श्रद्धालु भक्तजनहरुको भिड रहेको पिण्डेश्वर बाबाधाम समितिको अध्यक्ष विकास बनेपालीले बताएका छन । पिण्डेश्वर बाबाधाममा नेपालको सबै जिल्लाका बोलबम भक्तजनहरुको भीड लागेको उनले बताउछन । पिण्डेश्वर बाबाधामको बारेमा हिन्दु पौराणिक धार्मिक शास्त्रहरु स्कन्ध पुराण, रुद्राक्षारण्य माहात्म्य लगायतमा वर्णन गरिएकाले पशुपतिनाथ मन्दिरभन्दा पुरानो मानिन्छ ।
पूजा गर्नको लागि आइतबार साँझैदेखि नै भक्तजनहरु लाइनमा लागेका थिए भने भक्तजनको भिड धेरै भएकोले सोमबार साँझसम्म नै भक्तजनहरु जल चढाउन आउने गर्ने गरेको समितिले जनाएको छ । वराहक्षेत्र मन्दिरस्थित कोकाहा खोलाको जल ल्याएर पिण्डेश्वर मन्दिरमा रहेको शिवलिङ्गमा चढाउने गरिन्छ । यसमा धेरैजसो विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्ने र अविवाहित युवतीले राम्रो पति पाउँ भन्दै शिवलिङ्गमा जल चढाउने परम्परा रहे पनि आजभोलि पुरुषहरु पनि धेरै सङ्ख्यामा जल चढाउन आउने गरेको अध्यक्ष बनेपालीले बताएका छन ।
धरानको मुख्य चोकदेखि विजयपुर डाँडाभरिका पिण्डेश्वर बाबाधाम, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर र पञ्चकन्या मन्दिरसम्म यतिबेला पहेंलो वस्त्र लगाउने भक्तजनकको भीड छ । पिण्डेश्वर बाबाधाममा जल चढाउन भक्तजन आए पनि धरानका अन्य मन्दिर पनि दर्शन गरे चारधाम गए सरह हुने मान्यता रहेकोले भक्तजनले सबै मन्दिरको दर्शन गर्ने गरेको धरान १४ का अध्यक्ष कृष्ण भट्टराईले बताएका छन ।
सप्तकोशी नदीबाट जल ल्याई पिण्डेश्वर बाबाधाममा रहेको शिवलिङ्गमा जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकाले सप्तकोशी नदीबाट जल ल्याई पूजा गर्न परिवारसँग मोरङबाट आएको राजेश शाहले बताउछन। टाढाटाढाबाट आएका भक्तजनहरु आइतबार नै कोकाहा नदीमा नुहाएर त्यहाँबाट बेलुका नै जल लिएर पिण्डेश्वर बाबाधाम पुगी रातभरि जाग्राम बसी सोमबार बिहान जल चढाएर घर फर्कने गर्दछन् । मनोकांक्षा पूरा होस् भनी कतिपय भक्तजन चतराबाट पैदल हिंड्दै धरान पिण्डेश्वर बाबाधाम आउने गर्दछन् भने कतिपय खाली खुट्टामा हिँडेर आउने गर्दछन् ।
आज साउनको चौथो अर्थात् अन्तिम सोमबार भएकाले अन्य सोमबारभन्दा बढी नै भक्तजनहरु आएको पिण्डेश्वर बाबाधाम व्यवस्थापन समितिले जनाएको छ । यस वर्ष साउनमा चार वटा मात्र सोमबार परेकाले आज अन्तिम दिन भएकोले भक्तजनको भिड लागेको छ । खासगरी साउन महिनामा सोमबार शिव भगवानको पूजा गर्ने प्रचलन भए पनि साउन महिनाको सबै दिननै पूजा गर्न यहाँ भक्तजनको भीड लाग्ने गरेको समितिले जनाएको छ । हाल सम्म करिब ५ लाख भक्तजन आएको समितिले जनाएको छ ।
भारत विहारको देवघरस्थित बैद्यनाथ मन्दिरमा मात्र बोलबम मेला जाने परम्पराको अन्त्य गर्दै २०४२ सालदेखि पिण्डेश्वरमा जल चढाउन बोलबम मेलाको सुरुवात गरिएको अध्यक्ष बनेपालीले बताउछन । साउन महिना शिवजीको प्रिय महिना भएकाले साउनभरि शिवालयहरुमा शिवभक्तको घुइँचो लाग्ने गर्दछ । वैदिक र पौराणिक कालमा समेत ऋषिमुनि र भगवानहरुले महादेवलाई शान्त, प्रसन्न बनाउनका लागि बोलबम पदयात्रा गर्ने गरेको र बेलपत्रसहित जल अर्पण गर्ने गरेको धर्म शास्त्रीय मान्यता छ ।
स्रोत: गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम





