शालिग्राम नेपाल
देवघाट - (चितवन) । तीन जिल्लाको सङ्गम देवघाटधाम मेलामा साउन महिनामा एक लाख ३० हजार भक्तजन सहभागी भएका छन् । साउन पहिलो साता सामान्य भक्तजन सहभागी भएको मेलामा त्यसपछिका सोमबार बोलबम आउनेको संख्या वृद्धि भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिएका छन । ‘पहिलो सोमबार भक्तजन खासै सहभागी हुन सकेका थिएनन्, सिमलतालमा बस दुर्घटना भएपछि त्रासले धेरै सहभागी हुन सकेको थिएन’ कार्यकारी निर्देशक बरालले भनेका छन , ‘त्यसपछि सहभागीको संख्या वृद्धि भएर आयो ।’
अन्तिम सोमबार मात्र ५० हजार भक्तजन सहभागी भएको हाम्रो विवरणमा उल्लेख छ, उनले भनेका छन । अन्तिम सोमबार बिहान ४ बजेदेखि स्नान गर्न भक्तजनको उपस्थिति रहेको थियो । देवघाटधाममा चितवन, नवलपरासी, मकवानपुर, तराईका जिल्ला, भारतको विहार, उत्तर प्रदेश, रुपन्देहीलगायतका स्थानबाट भक्तजन आउने गरेको देवघाट क्षेत्र विकास समितिले जानकारी दिएको छ । स्नान गर्न आउने भक्तजनलाई नाउ, उद्धार टोली, बोटको व्यवस्था, आपतकालीन सुरक्षाका सबै उपाय अपनाएको थियो ।
स्रोत: गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम





