धिरज नाथ र आरती विष्टको स्वरमा ‘अपि हिमालमा लेकमको सेरोफेरोः माया छ कि छैन मेरो’ बोलको गीत सार्वजनिक भएको छ ।
न्याउली भाका युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त ‘डेउडा’ भाकाको गीतमा सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र दार्चुला जिल्लाका लेकम, मालिकार्जुन, चौपाटा, अपि हिमाल लगायतका पर्यटकीय स्थान समेटेर दृश्यांकन गरिएको छ ।
गीतमा स्वदेशमा गरिखाने वातावरण नभएको र दार्चुला दुर्गम भएकाले दालभातकै लागि परदेसिनुपरेको पीडा दाजु–बहिनीको माध्यमबाट प्रस्तुत गरिएका छ ।लिम्पियाधुरा–कालापानी क्षेत्रको नागरिक खाडी मुलुकमा गएर दास बन्नुपर्दा स्वाभिमानको नाकै काटिएको दर्दनाक पीडा प्रस्तुत गरिएको छ ।
वीरसिंह नाथको संगीत रहेको गीतमा सबिर कार्कीको संगीत संयोजन रहेको छ । रविन मगरले मिक्सिङ–मास्टरिङ गरेको उक्त्त गीतको रेकर्डिङ हुरी स्टुडियोमा गरिएको हो ।
धिरज नाथ, आरती विष्ट, सबिर कार्की, अर्जुन न्यौपाने, ठाकुर सुवेदी विश्वास फिचर्ड गीतमा कृष्ण महराको सिनेमाटोग्राफी रहेको छ । भिडियोको लागि तलको लिङ्कमा जानुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा


ट्रेन्डिङ
खबरमुकाम





