काठमाडौं । एजुकेशन प्लानेट प्रालि ९ई–प्लानेट० ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त गर्दै ठूलो उपलब्धि हासिल गरेको छ । यो प्रतिष्ठित सम्मान एजेन्स एक्सिलेन्स अवार्ड २०२४ अन्तर्गत यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी ९यूटिएस० ले प्रदान गरेको हो ।
यो पुरस्कारले दक्षिण एशियामा शैक्षिक परामर्श सेवामा उत्कृष्टता, विद्यार्थी सहयोग तथा विश्वव्यापी साझेदारीमा ई–प्लानेटको सफलतालाई सम्मानित गरेको ई–प्लानेटले एउटा प्रेस विज्ञप्ती जारी गर्दै बताएको छ ।
यो पुरस्कार यूनिभर्सिटीका डेपुटी भाइस–चान्सलर तथा भाइस–प्रेसिडेन्ट (इन्टरनेशनल) इयान वाट तथा प्रो भाइस–चान्सलर (ग्लोबल पार्टनरसिप्स) लियो मियान लिउद्वारा ई–प्लानेटलाई प्रदान गरिएको हो । यो सम्मानलाई ई–प्लानेटले आफ्नो समर्पण, विद्यार्थीहरुको विश्वास तथा उत्कृष्ट शैक्षिक अवसर प्रदान गर्ने मिशनको प्रतिकको रुपमा लिएको जनाएको छ ।
‘यूटिएसबाट यो प्रतिष्ठित सम्मान प्राप्त गर्नु हाम्रो लागि गर्व र गौरवको कुरा हो । यसले हाम्रो टोलीको निरन्तर प्रयास, विद्यार्थीहरु तथा साझेदारहरुको विश्वास तथा दक्षिण एशियाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो प्रतिवद्धतालाई प्रतिविम्बित गर्छ,’ ई–प्लानेटका कार्यकारी निर्देशक नयन लामिछानेले बताएका छन् ।
ई–प्लानेटले यो वर्ष आफ्नो २०औं वार्षिकोत्सव मनाइरहेको अवस्थामा यो पुरस्कारले संस्थाको यात्रामा अर्को एउटा महत्वपूर्ण उपलब्धि बनेको उल्लेख गर्दै यसले क्षेत्रीयस्तरमा शिक्षामूलक परामर्श सेवामा अग्रणी स्थानलाई अझ मजबुत बनाएको जनाएको छ । सन् २००५ मा स्थापना भएको एजुकेशन प्लानेट प्रालि ९ई–प्लानेट० ले विदेशमा उच्च शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूलाई मार्गदर्शन गर्दै आएको छ ।
प्रमुख विश्वव्यापी संस्थाहरूसँगको साझेदारी र विद्यार्थीहरूको सफलताप्रति प्रतिबद्धताका साथ इ–प्लानेटले हजारौं विद्यार्थीहरूलाई अमेरिका, क्यानडा, अस्ट्रेलिया र अन्य देशहरूमा सफलतापूर्वक पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






