काठमाडौं । सूचना प्रविधिको भरपर्दो नामको रूपमा स्थापित लेनोभोले नेपालमा पहिलोपटक सम्मेलन आयोजना गरेको छ । नेपालीहरूका लागि सूचना प्रविधि विस्तार गरि अघि बढिरहेको सो आईटी कम्पनीले "लेनोभो पार्टनर समिट नेपाल २०२४" काठमाडौंमा गरेको हो ।
लेनोभो कम्पनीको आधिकारिक विक्रेता नागमणि इन्टरनेशनलको समन्वयमा भएको सो कार्यक्रममा बढ्दो सूचना प्रविधिको प्रयोग र त्यसका लागि लेनोभोले पुर्याइरहेको योगदानको चर्चा गरेका थिए । सो सम्मेलनमा लेनोभो नेपालका एसिस्टेन्ट तनवीर इकवालले थिङ्क प्याड इन्जिनियरिङ, ओभरसिज बिजनेसका जनरल म्यानेजर नवीन केजरीवाल र क्याटागोरी म्यानेजर सुनिल मिरले लेनोभोका उत्पादनलाई नेपालको पहिलो ब्रान्ड बनाउने लक्ष्य सार्वजनिक गरे ।
सो अवसरमा परोल खनालले निर्माण गरेको लेनोवीर नामक आइकनसहितको टिसर्टहरू समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा स्टार पर्फर्मर अवार्ड, गोल्ड पार्टनर अवार्ड, डायमण्ड पार्टनर र प्लाटिनम पार्टनर अवार्डले विभिन्न व्यवसायीलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा नागमणि इन्टरनेशनललका निर्देशक अमित सराफले नेपालमा भएको सो सम्मेलनले लेनोभोका सेवाग्राही तथा बिक्रेता लाभान्वित भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






