काठमाडौं । शक्ति, अधिकार र नैतिकताको त्रिकोणीय द्वन्द्वमाथि सशक्त नाट्य प्रस्तुति ‘अर्को एउटा द्रोणाचार्य’ राजधानीको मण्डला थिएटरमा दर्शकको अपार समर्थनसहित हाउसफूल भइरहेको छ। चैत २१ गतेदेखि सुरू भएको नाटक यही वैशाख ७ गतेसम्म मात्रै मञ्चन हुनेछ।
महाभारतको पृष्ठभूमिमा आधारित भारतीय नाटककार डा. शंकर शेषको ‘एक और द्रोणाचार्य’ बाट प्रेरित यो नाटकले आधुनिक समाजमा शिक्षक–शासकहरूको नैतिक संकट र निर्णयगत उल्झनलाई गहिरो व्यंग्यका साथ प्रस्तुत गर्छ। नाटकलाई नेपाली भाषामा सम्राट भुजेल र श्रीशेष श्रेष्ठले अनुवाद तथा लेखन गरेका हुन् भने निर्देशन उमेश तामाङको रहेको छ।
निर्देशक तामाङका अनुसार, “द्रोणाचार्यको पात्र आजको शिक्षक, नेतादेखि हरेक जिम्मेवार व्यक्तिको प्रतिनिधि पात्र हो।” उनी भन्छन्, “यो नाटक नेपाली राजनीतिक र सामाजिक यथार्थसँग गहिरो रूपमा गाँसिएको छ, जसले दर्शकलाई आत्मसमीक्षा गर्न बाध्य बनाउँछ।”
उत्कृष्ट निर्देशन, सादा तर प्रभावशाली मञ्चसज्जा र उमेश सुनाम, कृतिका बस्नेत, अर्जुन दुलाल, श्रीशेष श्रेष्ठलगायत कलाकारहरूको जीवन्त अभिनयले नाटक झन प्रभावशाली बनेको छ। नाटक सोमबारबाहेक हरेक दिन साँझ ५:१५ बजे र शनिबार अतिरिक्त शो दिउँसो १:१५ बजे चल्नेछ।
‘अर्को एउटा द्रोणाचार्य’ केवल एक पात्रको कथा होइन - यो समाजलाई मार्ग देखाउने नेतृत्वको शक्ति र जिम्मेवारीमाथि गरिएको एक गहिरो कलात्मक प्रश्न हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






