पोखरा । प्रथम राष्ट्रिय कोदो दिवस, २०८२ को अवसरमा भोलि पोखरामा कोदोजन्य बालिका परिकारहरूको प्रदर्शनी तथा कोदो उत्पादक कृषकहरू सम्मान कार्यक्रम गरिने भएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तरगत कृषि विकास शाखाको आयोजनामा शुक्रबार उक्त कार्यक्रम आयोजना गरिएको महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।
नेपाल सरकारले “कोदोजन्य परिकारको आहार, खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नाराका साथ देशव्यापी रूपमा राष्ट्रिय कोदो दिवस मनाउने लागेको हो ।
दिवसका अवसरमा पोखरामा कोदो कागुनो लगायतका कोदोजन्य बालीरखेती उत्पादन गर्ने कृषकलाई सम्मान तथा प्रोत्साहन प्रदान गर्ने कार्यक्रम समेत रहेको छ ।
परम्परागत बालीको संरक्षण, कोदोजन्य पोषिलो अन्नको प्रवर्द्धन, कृषकहरूको आम्दानी वृद्धि, कोदो खेती प्रति कृषकहरूको आकर्षण वृद्धि र स्थानीय खाद्य प्रणाली सुदृढ तथा खाद्य सुरक्षालाई टेवा प्रदान गर्ने मुख्य उद्देश्यले कोदो दिवस विशेष कार्यक्रम आयोजना गरिएको कडरियाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







