काठमाडौं ।आगामी साउन ३० गते शुक्रबार डिजिटल नेपाल कन्क्लेभको चौंथो संस्करण आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालले ‘इम्पावरिङ डिजिटल नेपाल दुगेदर’ नारासहित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ आयोजना गर्दैछ । यस वर्षको मुख्य थिम ‘डिजिटल सिनर्जीस् ट्रान्सफर्मिंङ गभर्नेन्स, इकोनोमी एण्ड सोसाइटी’ रहेको छ ।
पुल्चोक स्थित द प्लाजामा आयोजना हुने कन्क्लेभमा ८ बढी सेसनमा राष्ट्रिय, अन्तरास्ट्रिय बिज्ञहरु सहित ५० बढी बक्ताहरु रहेका छन् । अन्तरास्ट्रिय कम्पनि गुगलको समेत सहभागिता हुने कन्क्लेभमा डिजिटल गभर्नेन्स, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डिजिटल स्वास्थ, डिजिटल इकोनोमी, आइसिटी इन्डस्ट्री डिस्कोर्स, पावर संवाद लगायतका सेसन हुनेछन् ।
यस वर्ष कन्क्लेभमा शोधपत्र (रिसर्च पेपर) प्रस्तुतीको अवसर समेत प्रदान गरिने छ । डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गतका विभिन्न ८ क्षेत्रहरुलाई समेटेर रिसर्च पेपर र नवीन प्रविधि तथा पहलहरूलाई ९डिजिटल इनिसिएटिभ्स० हरु प्रस्तुत हुनेछन् । कन्क्लेभमा १५ बढी डिजिटल इनिसिएटिभ्स (प्रडक्ट) हरु शोकेसमा पनि रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, नीति निर्माता, विज्ञ, उद्यमीसहित ५०० बढीको प्रत्यक्ष सहभागिता रहने अपेक्षा छ । डिजिटल नेपाल कन्क्लेभको वेबसाइटबाट शोधपत्र र डिजिटल पहलहरू शोकेसका लागि आवेदन दिन तथा कन्क्लेभ बारे विस्तृत जानकारी लिन सकिनेछ ।
आइसिटी फाउन्डेसनले यस वर्ष प्रि९इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने ‘डिजिटल कर्णाली कन्क्लेभ’ र मधेश प्रदेशमा एक दिने ‘डिजिटल मधेश कन्क्लेभ’ आयोजना गरेको थियो भने सातै प्रदेशमा डिजिटल साक्षरता सम्वन्धि अभियान ‘आइसिटी ज्ञान’ कार्यक्रम सन्चालन गरेको थियो । डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल रुपान्तरणको लागि एउटा अर्थपूर्ण पहलरअभियान हो । यस कार्यक्रममा डिजिटल रुपान्तरणको लागि सरकारले गरिरहेको प्रयास, योजना र कार्यक्रमसंगै लक्ष्य प्राप्त गर्नको लागि गर्नुपर्ने सन्दर्भमा बृहत छलफल, प्रस्तुती र अन्तरक्रिया हुनेछ ।
सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै फाउन्डेसनले नेपालको डिजिटल रूपान्तरण र इकोसिस्टम विकासको लागि विभिन्न अभियान र कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । चौथो संस्करणको रुपमा आयोजना भइरहेको ‘डिजिटल नेपाल कन्क्लेभ’ मा सहभागिताको लागि वेबसाइट मार्फत टिकट खरिद गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






