काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको २०२५–२०२७ कार्यकालका लागि सम्पन्न निर्वाचनमा बाबुराम काफ्ले ३७६१ मत प्राप्त गर्दै बोर्ड अफ डाइरेक्टर्स पदमा विजयी भएका छन् ।
उनको विजयीलाई एनआरएनएमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी नेतृत्वको आशाका रूपमा हेरिएको छ । हालका दिनमा संगठनप्रति निराशा र असन्तुष्टि व्यक्त भइरहेका बेला काफ्लेको जितले समुदायबीच नयाँ उत्साह र झिनो आशा जगाएको बताइएको छ ।
विजयपछि काफ्लेलाई विभिन्न व्यक्तित्व र संस्थाले बधाई दिँदै एनआरएनएलाई सबैको आवाज सुन्ने र विदेशमा रहेका नेपालीहरूलाई जोड्ने साझा मञ्च बनाउन योगदान दिने अपेक्षा व्यक्त गरेका छन् ।
काफ्लेले आफ्नो कार्यकालमा संगठनलाई पारदर्शी र परिणाममुखी बनाउने संकल्प व्यक्त गर्दै विश्वभर रहेका नेपालीहरूको हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






