वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउँदै लैजाने व्यवस्था नराखिने बताएका छन् ।प्रतिनिधीसभामा पेश भएको शिक्षा विधेयकमा राखिएको निजी विद्यालयलाई क्रमशः गैरनाफामुलक बनाउँदै लैजाने भन्ने व्यवस्था हटाइने कुरा उनले बताए ।
‘निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाउँदै लैजाने भन्ने व्यवस्था छ, यसका बारेमा म प्रस्ट कुरा गर्न चाहन्छु, त्यो व्यवस्था हटाइन्छ, निजी क्षेत्रका विद्यालयलाई समाप्त गर्ने काम गरिँदैन,’ उनले भने ।
वीरगन्जमा आइतबार निजी विद्यालयहरुले प्रतिनिधिसभामा पेश भएको शिक्षा विधेयकमा रहेको केही प्रावधानमा असहमति रहेको र सो सुनुवाइ गरिदिनु पर्ने माग सहितको ज्ञापन पत्र गृहमन्त्रीलाई बुझाइएको थियो ।
सो क्रममा गृहमन्त्री लेखकले यस विषयमा कुनै द्विविधा नभएको र मन्त्रिपरिषदमा समेत यस विषयमा छलफल भइसकेको समेत बताए । उनले सरकारी विद्यालयहरूलाई पनि राम्रो बनाउँदै निशुल्क शिक्षा दिने जिकिर गरे। निजी विद्यालयहरुले गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाउँदै आफ्ना मागहरू सम्बन्धमा सरकारलाई गम्भीर बन्न आग्रह समेत गरे ।
प्याब्सनको केन्द्रीय सदस्य छेदुप लामा, पर्सा जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, सचिव अशोक संग्रौला, नगर अध्यक्ष राहुल श्रीवास्तव, नगर सदस्य बिजय बल, एन प्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया, नगर अध्यक्ष जियालाल गुप्ता, सचिव शेख अजहर, सन्नी दुवे लगायतका निजी विद्यालयका सन्चालकहरूको टोलीले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
रमेश लेखक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






